‘एक राज्य एक राष्ट्र’ हुनैपर्छ भन्ने धारणा व्यवहारिक नहुने : राजपा

मङ्सिर ७, काठमाडौँ । राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले अलग राष्ट्रको बारेमा दिँदै आएको विवादस्पद अभिव्यक्तिलाई आफ्नो घोषणापत्र मार्फत पनि सार्वजनिक गरेका छन् । महेत्तरीको जलेश्वरमा संयोजक ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो लगायतका नेताहरूले आज सो विवादास्पद विषय समेटिएको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

राजपाले सार्वजनिक गरेको घोषणापत्रमा नेपाल बहुराष्ट्रिय देश हुनुपर्ने धारणासहित ‘एक राज्य एक राष्ट्र’ हुनैपर्छ भन्ने धारणा आदर्शवादी भए पनि सधैँ व्यवहारिक नहुने उल्लेख गरेको छ । नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसँस्कृतिक र बहुराष्ट्रिय देश रहेको उल्लेख गर्दै राजपाले घोषणापत्रकै प्रस्तावनामा नेपालको उच्च हिमाली क्षेत्रमा बस्ने समुदाय र चीनको स्वशासित प्रदेश तिब्बतमा रहेका उस्तै संस्कृति, भाषा र चालचलनमा सामीप्यता भएका समुदायहरूको राष्ट्र एकै भए पनि देश फरक रहेको उदाहरण पनि प्रस्तुत गरेको छ ।

राजपाले आफ्नो घोषणापत्रको प्रस्तावनामै लेखेको छ, ‘वास्तावमा एउटा राज्य राष्ट्रको निर्माण तब मात्र प्रारम्भ हुन्छ जब मुलुकका सबै तह र तप्का, वर्ग, समुदाय र नागरिकले समानताको महसुस गर्छन् र राज्य निर्माणको अभिभारा समानरुपले ग्रहण गर्छन् ।’

मङ्सिर १० गतेको चुनाव हुन तीन दिन बाँकी रहेको अवस्थामा सो पार्टीले आज घोषणापत्र सार्वजनिक गरेको हो । नेपालको दक्षिणतिरको समथरभूमिमा बस्ने मधेसी, थारु, दलित, जनजाति र मुस्लिम शतप्रतिशत नेपाल भए पनि ती सामूहिक रूपमा आफैमा एक राष्ट्रपनि भएको घोषणापत्र सार्वजनिक गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुरले बताए ।

जसको निश्चित भूगोल, समान जीवन पद्धति, संस्कृति सभ्यता एवं मनोविज्ञान रहेको उल्लेख गर्दैै यो भारत, मरसिस र अन्य देशका समुदायहरुसँग मेल खान सक्ने कुरा पनि घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 7 =