कहाँ गए होलान् दुई हजार बालबालिका ?: दैनिक हराउँछन् ६ जना
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २ । पछिल्लो एक बर्षमा नेपालभर गरी जम्मा दुई हजार बालबालिका बेपत्ता भएको पाइएको छ ।
बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक बर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ ।
बेपत्ता हुनेमा १३ देखि १८ बर्षमुनिका बालबालिका धेरै रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
तिनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझै पनि खुल्न नसकेको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।
तथ्यांकमा दुई हजार सात सय ७२ जना बालबालिका हराएका छन् । जसमा एक हजार ४७ जना बालक र एक हजार सात सय २५ बालिका छन् ।
दैनिक ६ जनाको हाराहारीमा बालबालिका नेपालभर हराइरहने खबर प्रहरीसमक्ष आउने गरेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








