१५ सय कर तिर्न दश हजारभन्दा बढी खर्च

बाजुरा, भदौ १ । बाजुराका स्थानीयबासीले आफूले तिर्न चाहेको कर बुझाउन आर्थिक रुपमा बढी भार व्यहोर्नु परेको छ कर तिर्न र कर चुक्ताको प्रमाण पत्र लिनका लागि आन्तरिक राजस्व कार्यालय धनगढी वा महेन्द्रनगर नै जानु पर्ने बाध्यताले हैरानी भोग्नु परेको जिल्लाबासीको गुनासो छ । श्रृष्टी निर्माण सेवा संचालन गर्नु भएका पाण्डवगुफा गाउपालिकाका हंश नेपालीले १५ सय रुपैयाँ कर तिर्न दश हजारभन्दा बढी खर्च गर्नु परेको बताउनुभयो ।

दुई दिनको पैदल र एक दिन गाडीमा यात्रापछि मात्र धनगढी पुगिन्छ आन्तरीक राजश्व कार्यालय धनगढीमा पनि मानिसको लामो भीड छ, चाहेका बेला कर तिर्न समेत पाइदैन उहाँले बताउनुभयो । नेताहरुले स्थानिय संरचना बने पछि सिंहदरबार नै गाउँमा पुग्छ भन्ने गरेको भए पनि आफूहरुलाई १५ सय तिर्न हप्ता बढीको समय लाग्ने गरेको नेपालीले गुनासोे गर्नु भयो । बाजुरा जिल्लामा कर तिर्ने र त्यहाँ बाटै कर चुक्ता प्रमाण पत्र दिने ब्यवस्था भए समय र पैसाको बचत हुने सञ्चार उद्यमी निमेन्द्र शाहीले बताउनुभयो ।

आन्तरीक राजश्व कार्यालय कैलालीका मुख्य कर अधिकृत कृष्णबहादुर बोहराले करदाताहरुले आर्थिक बर्षको पहिलो महिनामै भीड गर्न जरुरी नभएको बताउनु भएको छ । कर अधिकृत बोहराले हाल प्रत्येक जिल्लामा आन्तरिक राजस्व कार्यालय नभएको तर कोष तथा लेखा नियन्त्रकको कार्यालयले केहि काम गरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *