बेलायतमा बाढी पीडितका लागि राहत जुटाईंदै


१७ अगष्ट, बेलायत । अविरल वर्षापछि तराई मधेसमा आएको बाढीबाट पीडित जनतालाई सहयोग गर्न बेलायत स्थित नेपालीहरूको सङ्गठन नेपाली जनसम्पर्क समितिले सहयोग जुटाउन थालेको छ ।

बेलायतमा कार्यरत युवा विनय अधिकारीको समन्वयमा त्यहाँका नेपालीहरुबाट सहयोग जुटाइन थालिएको हो । सञ्चारकर्मी समेत रहेका अधिकारीको पहलमा तत्काल नेपाली युवाहरूले छलफल गरी राहत सङ्कलन गर्ने अभियान सुरु गरेका हुन् । सहयोग सङ्कलन अभियानमा विज्ञान प्रसाई, लोक गुरुङ, विनोद मोक्तान, चेतनाथ खनाल, सूर्य तामाङलगायत अन्य साथीहरूको बृहद् छलफलले प्रोजेक्ट कोअर्डिनेटर महेश दाहालको संयोजकत्वमा राहत सङ्कलन गर्न थालिएको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालयले आधिकारिक रूपमा सहयोगको अपिल गरेपछि जनसम्पर्क कार्यालयहरूले सहयोग जुटाउने क्रार्य थालेका हुन् । समितिले एकमुष्ट रकम सङ्कलन गरी पार्टीलाई उपलब्ध गराउने छ । उक्त राहत सङ्कलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाएर www.makalukhabar.com र अन्य सञ्चार माध्यमबाट समेत प्रकाशित गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *