मट्टितेल छर्केर आफ्नै शरीरमा आगो लगाउँदा महिलाको ज्यान गयो

सप्तरी, जेठ–१४ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जीउमा आगो लगाउँदा एक महिलाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ ।

आगोले पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा शुक्रवार मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

श्रीमान्सँग सामान्य विवाद हुँदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =