मनिषा कोइरालाको २० जनासँग प्रेम, एक जनासँग डिभोर्स

काठमाडौँ । उमेरले ४७ वर्ष लागिसकेकी मनिषा कोइराला हावाको झोँका झैँ बलिउडमा पाइला राखिन् र पहिलो फिल्मबाटै इलु इलु गर्लको नामबाट पपुलर भइन् । नेपाली सुन्दरी मनिषाले वर्षौ आफ्नो क्रेज बनाइ राखेकी छन् । ९० को दशकमा मनिषा काजोल, माधुरी र करिश्मा जस्तै बलिउडकी चर्चित अभिनेत्री हुन् । मनिषाले फिल्ममा केही यादगर भूमिका निभाएकी छन् । उनी अभिनय र सुन्दरताका कारण जति चर्चामा छिन् उति नै विवादका कारण पनि चर्चामा छिन् । बताइन्छ की मनिषा आफ्नो फिल्ममा भन्दा बढी व्यक्तिगत सम्बन्धमा ध्यान दिन्थिन् ।

उनका केही अफेयर्स रहे । यसको असर उनको फिल्मी करिअरमा समेत पर्‍यो । ज्याकी श्राफ, सलमान खान, नाना पाटेकर, विवेक मशुरान, आर्य वैद्य लगायतसँग उनेको सम्बन्ध थियो । सलमान र मनिषा फिल्म ‘सङ्गदिल सनम’ र ‘खामोशी’ को सुटिङको समयमा नजिकिएका थिए । ‘खामोशी’ को सेटमा सलमान र मनिषाको प्रेम बसेको बताइन्छ । उनी सधैँ साँचो प्रेमको खोजीमा रहिन् । उनको दिलको ढोका केही मानिसहरूका लागि खुले । मनिषाको नाम उनका सहकर्मी ज्याकी श्राफसँग पनि जोडियो ।

अनिल कपूरको नाम पनि मनिषासँग जोडियो । बलिउडमा जबदेखि मनिषाको इन्ट्री भयो तब उनका रोमान्सका किस्सा सुरु भएका थिए । मनिषाको नाम अहिलेसम्म २० भन्दा बढीसँग जोडिएको छ । उनको पहिलो अफेयर फिल्म ‘सौदागर’ का सहकर्मी विवेक मुशरानसँग भएको थियो । दुवैले एकै साथ फिल्म गरे । जब विवके बलिउडमा फ्लप हुन लागे तब मनिषा पनि उनीसँग टाढा भइन् ।

कृस्पिन कनराय नेपालमा अस्ट्रिलियाका राजदूत थिए । मनिषा र कृस्पिनको अफेयर केही वर्ष चल्यो । २००३ मा मनिषा फिल्म मेकिङ कोर्स लिन लण्डन गइन । उहाँ उनले अर्का एकसँग प्रेम गरिन् । नाइजेरियन बिजनेस म्यान सेसिन एन्थनीसँग उनको प्रेम बस्यो । त्यही समय मोष्न आर्यन बैद्यसँग पनि उनी नजिक थिइन । आर्यनका लागि उनले केही बी ग्रेड र सी ग्रेडका फिल्ममा समेत काम गरिन् । आर्यन बैद्य जब आफ्नो प्रचार प्रसारका लागि मनिषाको प्रयोग गर्न थाले तब उनीहरूको सम्बन्ध तोडियो । मनिषाको लामो लभ लिस्टमा क्रिस्टोफर डारिसको नाम समेत जोडियो । २००९ मा यो जोडी विवाह गर्ने तयारीमा थिए । त्यहीबेला उनीहरूको बिचमा खटपट आएको थियो ।

क्रिस्टोफरसँगको ब्रेक अप पछि उनले सम्राट दाहालसँग विवाहको घोषणा गरिन् । सम्राट र मनिषा सामाजिक सञ्जालका माध्यमबाट जोडिएका थिए । एक सोशल नेटवर्क १९ जुन २०१० मा नेपालका बिजनेश म्यान सम्राटसँग मनिषाको विवाह भएको थियो । सम्राट मनिषा भन्दा ७ वर्ष कान्छा थिए । केही समयसम्म उनीहरूको सम्बन्ध राम्रो थियो । तर, उनीहरूको सम्बन्ध लामो समयसम्म टिक्न सकेन र सम्बन्ध विच्छिेद भयो । त्यसपछि मनिषालाई क्यान्सर लाग्यो । अमेरिकामा उपचार गराएर उनले क्यासर जितेकी छन् । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *