संविधान संशोधन विधेयक पारित हुने अध्यक्ष दाहालको दाबी

भदाै १, मकालु खबर । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित हुने दाबी गरेका छन् । अध्यक्ष दाहालले विधेयक पारित गर्न सरकार र सत्तारुढ दलहरू लागि परेको पनि स्पष्ट पारे । बिहीबार जनकपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले विधेयक पारित गर्न कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सकारात्मक रहेको बताए ।

सरकारले आगामी सोमबार संसद्मा संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने तयारी गरिरहेको छ । अध्यक्ष दाहालले विधेयकलाई प्रक्रियामा लैजान प्रमुख प्रतिपक्ष एमाले सहमत रहेको पनि बताए । उहाँले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्ने सहमति पनि दलहरुबीच भइसकेको स्मरण गराए ।

जनकपुरमा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष दाहालले बाढी र डुबानबाट तराईमा ठुलो जनधनको क्षति भएको उल्लेख गर्दै राहत, उद्धार र पुनस्र्थापनाको काममा जुट्न सबैलार्इ आह्वान गरे । उनले तराईका जनतालाई राहत उपलब्ध गराउन पहाडका जनता आतुर रहेको पनि उल्लेख गरे ।

अध्यक्ष दाहालले पीडितको राहत, उद्धार र पुनस्र्थापनाको काममा सत्तापक्ष, प्रतिपक्ष सबै दल मिलेर अघि बढनुपर्ने आवश्यक्ता पनि औँल्याएका थिए । उहाँले बुधवार डुबान प्रभावित सप्तरी, सर्लाही र रौतहटको स्थलगत अवलोकन गरी पीडितलाई उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *