टोलमै जनप्रतिनिधि, ढोकामै राहत
मकालु खबर
२०७४ जेठ १५ गते
“
१ भदौ, काठमाडौं । विगत केही वर्षयता झापाका बाढीपीडितको एउटै गुनासो हुन्थ्यो – समयमा राहत आएन । राज्यका निकायले हेरेनन् । तर, अहिले अवस्था फरक छ । तराईका अन्य जिल्लामा उद्धार तथा राहत प्रभावकारी हुन नसकेको गुनासो आइरहेका बेला झापामा भने यसपटक पीडितको त्यस्तो गुनासो छैन ।
गाउँगाउँमा जनप्रतिनिधि भएकै कारण बाढीपीडित हुन् वा उद्धार–राहतकर्ता दुवैले यसपटक पहिलेभन्दा सहज महसुस गरेका छन् ।
गत वर्ष बाढीले विस्थापित भएको एक सातासम्म चिउरा–मुरैसमेत पाउन नसकेका पीडितलाई यसपटक १२ घन्टा नबित्दै खाद्यान्न, लत्ताकपडा हात लाग्यो ।
पीडित र रेडक्रसका स्वयंसेवी टोली टोल–टोलमै रहेका जनप्रतिनिधिका कारण यसपटक राहत र उद्धारमा सहज भएको अनुभव सुनाइरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित