विद्यार्थीको हातहातमा बोरा

असार ९, वीरगंज । पूरानो कक्षा कोठा त्यसमाथी न त झ्रयाल छ न त ढोका देख्दा अचम्म लाग्छ । न स्कुलमा डेक्स छ न त बेन्च नै तर प्रत्येक विद्यार्थीको हातहातमा बोरा भने झुन्डीरहेको हुन्छ । यो कुनै चलचित्रको दृष्य होइन, यस्तै अवस्थामा छ पर्साको महुवन ७ स्थित दलित प्राथमिक विधालय ।

वि. स. २०६३ सालमा स्थापना भएको यस विधालय १२ वर्ष वितिसक्दा समेत भौतिक पूर्वाधारबिना नै सन्चालनमा रहेको छ । विधालयमा २१० विधार्थी छन् त्यसमध्ये जम्मा ७ जना मात्र गैर दलित छन् । वर्खायाममा चिसो हुने हुदाँ विधार्थी र शिक्षक दुवैलाई समस्या पर्ने गरेको छ । चिसो भूइका कारण विद्यार्थीहरु विरामी हुने गरेको शिक्षक मनोज रामले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाल रामले विद्यालयको समस्या लिएर तिन वर्ष देखि शिक्षा विभाग धाउदै गरेपनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।

अध्यक्ष रामले भन्नुभयो, “विभाग धाउदाधाउदै थाकिसक्यौ, कहि कतै सुनुवाई हुदैन ।” त्यस्तै विद्यालयका प्रअ जादु साह तेलीले विद्यालयको समस्या बारे जिल्ला शिक्षा कार्यालय र अन्य सरोकारवालाहरुसँग पटक पटक कुरा राखेपनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =