न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन, दिदी एकाहोरो टोलाईरहन्छिन्

काठमाडौं, भदौ १ । एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् ।

भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् । एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए ।

घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै ।

हाल उनीहरु सानीआमा स्थित सन्ध्या राइको घर ईटहरीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *