‘जुडुवा–२’ को फस्ट लुक सार्वजनिक

सलमान खान अभिनित चलचित्र ‘जुडुवा’ को सिक्वेल ‘जुडुवा–२’ को फस्र्टलुक सार्वजनिक गरिएको छ । चलचित्रमा वरुण धवनको दोहोरो भूमिका छ भने सलमान खानको अतिथि भूमिका छ ।

शीर्ष भूमिकामा भने वरुण धवन, तापसी पन्नू र ज्याकलिन फर्नान्डिस रहेका छन् । चलचित्रलाई वरुणका बुवा डेविड धवनले निर्देशन गर्दैछन् ।

वरुणले यसअघि आफ्ना पिता डेविडको चलचित्र ‘मे तेरा हिरो’ मा पनि काम गरिसकेका छन् । चलचित्र १९९७ को सलमान–करिस्मा र रम्भा अभिनित ‘जुडुवा’ को सिक्वेल हो । चलचित्र २९ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *