संसदको समय आज सकिदै, आज विशेष बैठक हुने
२०७४ जेठ १५ गते

काठमाडौं, असोज २८ । व्यवस्थापिका संसदका ५ सय ९२ सांसदहरुको समय अवधि भरे राती १२ बजेबाट सकिने भएको छ । बिजनेसका हिसाबले संसदको हिजोको बैठक अन्तिम भएपनि आज विशेष बैठक राखिएको छ ।
आज बस्ने विशेष बैठकमा सांसदहरुलाई बाटो खर्च दिएर विधिवत रुपमा बिदाई गरिने छ । निर्वाचन आयोगले भोली समानुपातिकको बन्दसूची पेश गर्ने मिति तोकेकाले आज मध्यरातिदेखि रुपान्तरित व्यवस्थापिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो । यसअघि कात्तिक ४ गते संसद विघटन हुने भनिएको थियो । तर, संविधानले उम्मेदवारी मनोनयनसँगै संसद भंग हुने भनेकोले समानुपातिक उम्मेदवारी मनोनयनलाई नै आधार बनाइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








