भीरबाट लडेर महिला नेतृको मृत्यु

दार्चुला, साउन ३२ । दार्चुलाको लेकम गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

लेकम गाउँपालिका ४ झलातीकी ३९ वर्षीय पार्वती पार्कीको घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार ज्यान गएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

मृतक पार्कीका श्रीमान २ छोरा र एक छोरी छन् । नेकपा एमालेकी वडा कमिटी सदस्यसमेत रहेकी पार्कीको निधनप्रति एमाले दार्चुलाले शोक व्यक्त गरेको छ । दार्चुला जिल्लामा घास काट्नेबेला भिरबाट लडेर बर्षेनी धेरैले अकालमै ज्यान गुमाउने गरेका छन ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *