राहत वितरणमा आफ्नो पार्टीले सहयोग गर्ने प्रचण्डको प्रतिवद्धता

“काठमाडौं, साउन ३२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित दुईमन्त्रीले सप्तरीको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् । प्रचण्डसँगै गृहमन्त्री जनार्दन शर्मा र आपूर्ति मन्त्री शिवकुमार मण्डलले आज बाढीग्रस्त जिल्लाको दुई ठाउँको निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपीडित जनताको उद्धार र पुर्नस्थापनाका लागि सरकारले काम गरिरहेको बताउँदै यसमा पार्टीले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । बाढीले ठूलो क्षति गरेको आफ्नै आँखाले देखेको बताउँदै उहाँले राहतमा कुनै कमी हुन नदिने बचन दिनुभयो । तराई, मधेस, हिमाल, पहाड जहाँका जनता भएपनि परेको बेला एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै उहाँले तराईमा आएको यो विपत्तिको समयमा पहाड पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

बाढीको निरीक्षण गर्न पुग्नुभएका गृहमन्त्री जनार्दन शर्माले सरकारसँग सामग्रीको कुनै समस्या नभएको जानकारी दिदै राहत उपलब्ध गराउन कुनै कमि हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । केहि ठाउँमा बाटो अभावका कारण राहत वितरणमा ढिलाई भइरहेको उहाँले बताउनुभयो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *