इन्जिनियनिङ पढिरहेकी स्नेहा काठमाडौंबाट सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट एक युवती सम्पर्कविहीन भएकी छन् । इन्जिनियनिङ पढिरहेकी २२ वर्षीया स्नेहा लामिछाने एक सातादेखि परिवारका सदस्यसँग सम्पर्कविहीन भएकी हुन् ।

सिसीटिभी रेकर्डअनुसार कलङ्की भाटभटेनी नजिकै अन्तिम पटक उनको उपस्थिति देखिएको प्रहरीले जनाएको छ । उनले कालो ट्राउजर र गुलाबी र सेतो ज्याकेट लगाएको प्रहरीको भनाइ छ । उनले पछाडि झोला बोकेकी थिइन् ।

उनको फोन पनि स्वीच अफ रहेको परिवारका सदस्यले जनाएको छ । स्वीच अफ हुँदा उनको फोन एयरपोर्ट क्षेत्र पछाडि ट्रेस गरिएको थियो । आमाबाबुले छोरी खोज्न आग्रह गरिरहेका छन् । फेला परेमा प्रहरीलाई खबर गरिदिन वा परिवारलाई ९८६५१९५४६६ वा ९८५५०८०४९१ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *