वनमा आगो लगाउने दुई युवक पक्राउ

ओखलढुंगा । वनमा आगो लगाएको अभियोगमा ओखलढुंगाबाट दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका-११ को नगरपार्कमा आगो लगाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका-११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ परेका हुन् । ओखलढुंगा जिल्ला अदालतले अभियुक्तहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

जिल्लाका वनमा आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको प्रहरी निरीक्षक सिंहले बताए । गत सोमबार सिद्धिचरण नगरपालिका-१० स्थित एक घरमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *