प्रधानमन्त्री देउवा र चिनियाँ उपप्रधानमन्त्री वाङ विच भेटवार्ता

काठमाडौं, साउन ३२ । प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति शी जिनपिङलाई स्वागत गर्न नेपाल आतुर रहेको बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङसंगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो ।

जवाफमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति चाँडै नेपाल आउने र भ्रमणको मिति कूटनीतिक स्तरबाट तय हुने जवाफ दिनुभयो । दुई नेताको भेटमा सिगात्सेबाट काठमाडौं, पोखरा हुँदै लुम्बनी जोड्ने रेलमार्ग निर्माणबारे पनि कुराकानी भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले भूकम्पले क्षतिग्रस्त भएको अरनिको राजमार्ग पुनर्निर्माण छिटोे गर्नु पर्नेमा जोड दिनुभयो ।

दुई जनाविच बाहिरी चक्रपथ निर्माणका साथै बढ्दो ब्यापार घाटा कम गर्नेबारे पनि कुराकानी भएको छ । प्रधानमन्त्री देउवासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले चीनले अघि सारेको वेल्ट एण्ड रोड इनिसेटिभ (बीआरआई)बारे चासो व्यक्त गर्नुभएको थियो । नेपालले प्रचण्ड सरकारकै पालामा बीआरआईमा हस्ताक्षर गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्री देउवाले रोड, रेलका साथै क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माणमा जोड दिनुभएको छ । साथै नेपालमा चिनियाँ लगानी भित्र्याउन पनि आग्रह गरेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *