‘डन बस्को’ ले बनाइदियो विद्यालयको नौ कोठे पक्की भवन

दोलखा, माघ ११ । नेपाल डन बस्को सोसाइटी ठेचो ललितपुर शाखाको सहयोगमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको जलदेवी मावि काभ्रेमा करिव रु एक करोड ६४ लाखको लागतमा नौ कोठे आधुनिक तथा सुरक्षित पक्की आरसिसी ट्रस भवन निर्माण गरिएको छ ।

बैत्यश्वर गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको भवन निर्माण सकिएपछि २८औँ वार्षिकोत्सव तथा ११औँ अभिभावक दिवसका अवसरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।

विद्यालयको स्थायित्व, समृद्धि र विकासमा सहयोग गरेकामा बैत्यश्वर गाउँपालिका प्रमुख छवि लामाले उक्त सोसाइटीका फादर अब्राहम, फादर राजु, सिस्टर अन्नीसमेतलाई सम्मान गरे । उनले भौतिक संरचनाले मात्र शैक्षिक विकास हुन नसक्ने भएकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब, खेलकुदका सामग्री, आइसिटी कक्षाका लागि आवश्यक सामग्रीसमेतको व्यवस्थापन गरिदिनसमेत अनुरोध गरे ।

उक्त सोसाइटीका निर्देशक फादर अगष्टिले भूकम्पबाट विद्यालयको भवन क्षति भएर खुल्ला आकाशमुनि अध्ययन गर्न विवश सानासाना नानीहरुका लागि सेवा भावले भवन निर्माण गरेको र आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा निरन्तर सहयोग गर्दै जाने बताए ।

धेरै संस्थाले विद्यालय निर्माण गर्न अनुमति लिएर भागे पनि उक्त सोसाइटीले भने इमान्दारितापूर्वक आफूले लिएको जिम्मेवारी पूरा गरेकामा निमित्त जिल्ला शिक्षा अधिकारी भक्तबहादुर गोदारले सो संसथाको प्रशंसा गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =