सौराहामा १५ करोडको क्षति

किशोर खनाल, सौरहा । सौराहाका होटलहरुमा करिब १५ करोडको क्षति भएको छ । क्षेत्रीय होटल संघले प्रारम्भिक क्षेतिको आंकलन गरी १५ करोड क्षति भएको जनाएको छ । क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले बाढीबाट सौराहामा होटलहरुमा १५ करोड क्षति भएको बताए ।

सौराहाका ११० वटा होटलमा क्षति भएको उनले बताए । दक्षिणतर्फ रहेको राप्ती नदी, उत्तर तर्फ रहेको कयर र बुढी राप्ती खोला र पूर्वतर्फ रहेको ढुङ्ग्रे खोलाको बाढी सौराहामा पसेको थियो । बलियो संरचना भएका होटलहरुमा लेदोसहितको बाढी पसेर नोक्सान गरेको क्षेत्रीय होटल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भौतिक संरचनाहरु केही बिग्रेको छैन । तर राप्ती किनारका रेष्टुरेन्ट र पबहरु घरसहित नै बगेका छन् ।

‘करोडौं ऋण लिएर लगानी गरेका होटल व्यवसायी बाढीका कारण थप संकटमा परेका छन् । त्यसैले हामीले सौराहामा रहेका होटल व्यवसायीका लागि ऋणको ब्याज दरमा सहुलियत दिनका लागि सरकारसँग माग गर्छौं’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *