तेह्रथुमका स्वास्थ्य संस्थामा औषधी अभाव

तेह्रथुम, भदौ १३ । तेह्रथुम जिल्लाका स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको छ । स्वास्थ्य संस्थामा औषधीको अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । केहीदिन यता भाईरल ज्वरोका बिरामीको संख्या बढेको र स्वास्थ्य संस्थामा औषधी अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको उनीहरुको भनाइ छ ।

केहीदिन यता जिल्लाभर भाईरल ज्वरोका बिरामी बढेका जिल्ला अस्पतालले जनाएको छ । भाईरल ज्वरोको प्रकोप फैलिएका स्थानमा औषधी सहित स्वास्थ्यकर्मीको टोली पठाउनुपर्ने भए पनि जिल्ला अस्पतालकै स्टोरमा औषधी सकिएकाले औषधी सहित स्वास्थ्यकर्मीको टोली पठाउन नसकिएको जिल्ला अस्पतालका डाक्टर मुक्तिनाथ साहले बताउनुभयो । औषधी अभाव भएको बारे विभाग र मन्त्रालयमा जानकारी गराईएको भए पनि औषधी आई नपुगेको डाक्टर साहले बताउनुभयो ।

जिल्ला अस्पतालको आकस्मीक कक्षमा मात्र दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालबाट ७० र स्वास्थ्य चौकीहरुबाट ३५ प्रकारका औषधी निशुल्क वितरण गरिनुपर्ने भए पनि अहिले औषधी नभएकाले बिरामीले अस्पताल बाहिरका फार्मेसी र औषधी पसलबाट औषधी खरिद गर्नुपरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =