च्याम्पियन्स लिग फुटबल: प्ले अफको पहिलो लेगमा लिभरपुल विजयी

काठमाडौं, साउन ३२ । च्याम्पियन्स लिग फुटबलको छनौट अन्तर्गत प्ले अफको पहिलो लेगमा लिभरपुल विजयी भएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले जर्मन क्लब होफेनहाइमलाई २–१ ले हराएको हो । लिभरपुलको जितमा ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड गोल गरे भने होफेनहाइमका हावर्ड नोर्डट्भाइटले आत्मघाती गोल गरे । होफेनहाइमका लागि मार्क उथले एक गोल फर्काए । ३५ औं मिनेटमा अर्नोल्डले गोल गरेपछि लिभरपुलले पहिले हाफमा १–० को अग्रता लियो । ७४ औं मिनेटमा नोर्डट्भाइटको आत्मघाती गोल उपहारको रुपमा पाएपछि लिभरपुलको अग्रता दोब्बर भयो । ८७ औं मिनेटमा उथले होफेनहाइमका लागि एक गोल फर्काए पनि हार टार्न भने सकेनन् । यस्तै राति नै भएको अर्को खेलमा सिएसकेए मस्कोले योङ ब्वाइज तथा एफके क्वाराब्यागले एफसी कोपनहेगनलाई समान १–० ले हरायो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *