सेयर बजार दोहोरो अंकले ओरालो

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ३१ । बजार परिसूचक नेप्से १२ दशमलव ९७ अंकले झरेर १६ सय २९ दशमलव १६ मा आएर थामियो ।
होटल समूहबाहेक कारोबार भएका अरु सबै समूह ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च ८८ दशमलव ७६ अंकले ओरालो लाग्यो । उत्पादनमूलक समूह २८ अंकले झर्यो । जलविद्युत् र विकास बैंक समूहमा २४ र १३ अंकले गिरावट आयो । अरु समूह भने सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६० कम्पनीको १६ लाख १५ हजार कित्ता सेयर ७८ करोड ३६ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित