अस्ट्रेलिया जान चाहने बिद्यार्थीहरुका लागि क्याम्ब्रिजको सेमिनार

 
भाद्र १२, काठमाडौँ । अस्ट्रेलिया अध्यनका लागी जान चाहने विद्यार्थीहरू लाई लक्षित गरी क्याम्ब्रिज इन्स्टिच्युट अफटेक्नोलोजीले एक सेमीनारको आयोजना गरेको छ ।

उक्त सेमिनारमा अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) अस्ट्रेलियाका बारेमा जानकारी गराइएको थियो । उक्त सेमिनारमा एआइबीटी अस्ट्रेलियाका बिजनेस डेभलपमेन्ट मेनेजर राजु रेग्मीले विद्यार्थीलाई एआइबीटीका बारेमा जानकारी गराएका थिए ।

त्यसै गरी बिजनेस, हस्पिटालीटी, आइटी, नर्सिङ, म्यानेजमेन्ट, फेसन डिजाइनिङ, कमर्सियलकुकरी, हुमनरिसोर्स, ट्राभल , अटोमोटीभ इञ्जिनियरीङ, मार्केटिङ लगायतका विषयमा शैक्षिक परामर्श प्रदान गरिएको थियो ।
सिड्नी सहरमा दुईवटा ब्रिज्बनमा एउटा र सिंगापुरमा एउटा गरी चार वटा छुट्टा छुट्टै कलेज रहेको कलेजका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।

प्रत्येक महिना इन्टेक रहेको यस शैक्षिक संस्थामा अध्यनका लागी आधारभूत आवश्यकता शैक्षिक प्रमाणपत्रमा ६० प्रतिशत भन्दा माथि र आइइलटीएसमा ६ हुनुपर्ने प्रावधान रहेको छ ।

क्याम्ब्रिज इन्स्टिच्युट अफटेक्नोलोजीले अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) का बारेमा उपत्यका बाहिरका आफ्नो शाखा कार्यालयहरूमा विशेष सेमिनारको आयोजना गर्ने क्याम्ब्रिजका प्रवन्धनिर्देशक शिशिर सिम्खडाले बताए ।
क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीले लामो समय देखी भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत, युरोपियन मुलुक लगायतका गन्तव्यमा अध्ययनका लागी परामर्श दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =