मौसममा सुधार आएसँगै प्रभावित क्षेत्रमा राहत

नेपालगन्ज, साउन ३१ । आज मौैसममा आएको सुधारसँगै बाँके र बर्दियाका बाढी र डुवान प्रभावित क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ । पश्चिम तराईका बाँके, बर्दिया, दाङ र कैलालीमा बाढी र डुवानले ठूलो धनजनको क्षति गरेको छ । यी क्षेत्रमा आज पनि राहत र उद्दारको काम चलिरहेको स्थानीय प्रशासनले जनाएका छन् ।

बाँकेको डुडु्वा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा सेनाको हेलिकप्टरमार्फत राहत पु¥याइएको छ । बर्दियाका बारबर्दिया, ठाकुरबाबा, बाँसगढी नगरपालिकामा पनि सेनाको हेलिकप्टरले आज राहत पु¥याएको छ । स्थलमार्गबाट पनि राहत पु¥याउने कार्य तीब्र पारिएको छ । चार दिनसम्म भोकभोकै बस्नु परेपछि पीडितहरुको जनजीवन भने कष्टकर छ ।

सरकारी राहतका नाममा चिउरा, चाउचाउ बाहेक अरु पाउन नसकेको पीडितहरुले गुनासो गरेका छन । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले आवश्यक स्रोतसाधन र जनशक्तिको अधिकतम परिचालन गरेर राहत र उद्दारको काम भइरहेको वताउनुभयो । बाँकेमा तीन, दाङमा पाँच, बर्दियामा दुईजनाले बाढीका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *