गृहमन्त्रीद्वारा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण

काठमाडौं, साउन ३१ । गृहमन्त्री जनार्दन शर्माले राहत वितरण प्रक्रियाका बारेमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । विमानस्थलबाट बाढी प्रभावित क्षेत्रमा पु¥याइने दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या पैदा भएको भनी गुनासो आएपछि गृहमन्त्री शर्माले के कसरी उपलब्ध गराइएको छ र थप भन्नेबारेमा स्थलगत निरीक्षण गर्नुभएको हो ।

रौतहट, पर्सा, सप्तरीलगायत बाढी, पहिरो तथा डुबान प्रभावित विभिन्न जिल्लामा राहत सामग्रीको समानुपातिक वितरण नभएको गुनासो आएपछि गृहमन्त्री शर्माले विमानस्थल भण्डारण कक्षमा पुगेर आवश्यक जानकारी लिनुभएको उहाँको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *