रजनीकान्तको फिल्म २.० ले रिलिज अघि १८० करोड कमाएपछि…

एजेन्सी । सुपरस्टार रजनीकान्तको फिल्म २.० ले रिलिज हुनु अघि नै १८० करोड रुपैयाँ कमाई सकेको छ । मेगा बजेटको फिल्मले रिलिज अगावै यति ठुलो रकम फिल्मको स्याटलाईट अधिकार बेचेपछि पाएको हो । निर्माण पक्षले यसको अधिकार बेच्दा रकम यति धेरै अपेक्षा नगरेपनि सोचेको भन्दा बढी रकम पाएको भारतीय सञ्चार माध्यममा जनाएको छ ।

फिल्मको स्याटलाईट अधिकार जी नेटवर्कले किनेको छ । फिल्मको तेलंगाना र आन्ध्र प्रदेशको वितरण अधिकार ‘द ग्लोबल सिनेमा’ ले खरीद गरिसकेको छ । फिल्ममा रजनीकान्तलाई बलिउड अभिनेता अक्षय कुमार र हलिउड अभिनेत्री एमी ज्याक्सनले साथ दिएका छन् । अक्षयले फिल्ममा भिलेनको भूमिका निभाएका छन् ।

रजनीकान्तको रोबोटको सिक्वेल फिल्म २.० लाई एस शंकर के ले निर्देशन गरेका छन् । मेघा बजेटको फिल्मको गीतमा पैसा पानी बगाएझैं बगाइएको छ । यसैगरि, फिल्मको प्रमोशनको लागि निर्माण पक्षले करोडौं रुपैया छुट्टाएको भारतीय सञ्चारमाध्यममा जनाइएको छ । फिल्मको रिलिज तिहारमा गर्ने भनिएपनि केही प्राविधिक कारण बस ६ महिना पछाडी धकेलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *