Help for nepalies, बाढी पिडित नेपालीको सहयोगार्थ सार्थक अभियान


प्रस्तावना

भनिन्छ ‘दुखः बाडे आधा हुन्छ, सुख बाँडे दोब्बर’ । यतिबेला तराई मधेशका जनता बाढीको प्रकोपबाट आक्रान्त छन् । गत साउन २५ गते यता आएको बाढी पहिरोले सयौं नेपालीले ज्यान गुमाई सकेको अवस्था छ भने, लाखौं परिवार विस्थापित बनेका छन् । हज्जारौं हेक्टर कृषि योग्य जमिन बगरमा परिणत भईरहेका छन् । अरबौंको क्षति भएको छ । प्राकृतिक रुपमा आएको यो विपत्तिलाई हामीले चाहेरपनि रोक्न सक्ने अवस्था आएन । तर, विपत्ति पछिको उद्दार र पुर्नस्थापनामा हामी सबै नेपाली एक हुन अवश्य सक्छौं । तराई मधेशमा आइपरेको विपत्तिलाई हामी सबैले बाँड्नु हाम्रो कर्तब्य हो ।

विनाशकारी भुकम्पमा जसरी एक नेपालीले अर्को नेपालीलाई स्वतःस्फुर्त सहयोगका हातहरु अघि सा¥यौं त्यहि मानविय भावना बोकेर हामीले यो अभियानको शुरुवात गरेका हौं ।

अहिले मधेशका जनता बाढी प्रकोपबाट आक्रान्त भएका छन् । उनीहरुका गाँस बास र कपास उर्लिदै आएका भेलले स्वाहा बनाएका छन् । संगसंगै एउटै ओछ्यानमा सुतेकाहरु आफन्तको वियोगको पिडा लिएर भोकभोकै खुल्ला आकासमा भौतारिएका छन् । उनीहरुसँग यतिबेला विहान बेलुका खाने कुनै अन्न छैन, शरीरमा लगाउने कपडा छैन, रात काट्ने छानो छैन, औषधोपचार गर्ने साधन र औषधी पनि छैन । सबैभन्दा ठूलो कुरा उनीहरुसँग एकमुठी सास र आँखामा आशु वाहेक केहि छैन । उनीहरुका चारैतिर पानी नै पानी मात्र छ ।

यो त्रासदीपूर्ण अवस्थामा राज्य एक्लै लागेर मात्रै सबैलाई उद्दार तथा राहत दिन सक्दैन । हामीले मानविय भावनाबाट माथि उठेर बाढी पिडितलाई आफ्नो क्षेत्रबाट पनि सहयोग गर्न जरुरी छ । यहि सोच लिएर शुलभ मिडिया प्रा.लि.को संयोजनमा देश तथा विदेशबाट विभिन्न राहत संकलन गर्ने अभियान Help for nepalies अभियान सञ्चालन गरेका छौं । ‘एक थुकी सुकी सय थुकी नदी’ यो उखानले कुनैपनि कार्य एक्लै गर्नुभन्दा समुहमा गर्दा प्रभावकारी हुन्छ भन्ने दर्शाउँछ । र यसैलाई पच्छ्याउँदै यो अभियानको शुरुवात नेपाल सरकार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएर सञ्चालन गरिएको हो ।  Help for nepalies अभियानमा सञ्चार क्षेत्र, सामाजिक संस्था, युवा सञ्जालहरु र प्रवासी नेपालीहरुको समेत प्रत्यक्ष सहभागीता रहेको छ ।

Help for nepalies अभियानमा सहभागी संस्थाहरु

१) मकालु खबर डटकम
२) Together we can bring the change ( TWECATCH)
३) द कार्टुन क्रिऊ
४) सल्लेरी खबर डटकम
५) प्रवास खबर डटकम
६) USA Embassy Nepal
७) APPharu.com
८) सल्यानी युवा सञ्जाल
९) द रिडर्स नेपाल
१०) निश्चल फाउण्डेशन
११) दियो पोष्ट डटकम
१२) लाइट नेपाल डटकम

१) Help for nepalies अभियानमा कसरी सहभागी हुने ?

यो अभियानमा तपाई आफ्ना स्वइच्छाले सहभागीता जनाउन सक्नुहुन्छ । यसका लागि तपाईले आफुसँग भएका बाढी पिडितका लागि चाहिने विभिन्न सामग्री (खाद्यान्न, लत्ताकपडा, पैसा) दिन सक्नुहुन्छ ।

२) Help for nepalies अभियानमा के–के सहयोग गर्न सकिन्छ ?

Help for nepalies अभियानबाट तपाईले बाढी पिडितका लागि विभिन्न प्रकारका राहत सामग्री (लत्ता कपडा, खाद्यान्न, औषधी, पाल, त्रिपाल, पानी, चाउचाउ, चिउरा, दालमोट, साबुन, भाडाकुँडा, पैसा) आदी सहयोग गर्न सक्नुहुन्छ ।

३) हामीले दिएको सहयोग प्रभावित क्षेत्रमा कसरी वितरण हुन्छ ?

Help for nepalies अभियानले यहाँहरुबाट प्राप्त गरेको आर्थिक, भौतिक सहयोगलाई जिल्ला दैवि प्रकोप उद्दार समिति, जिल्ला प्रशासन कार्यालय मार्फत सबैभन्दा बढि प्रभावित भएका क्षेत्र र समुदायमा गएर वितरण गर्नेछ । यसका लागि हामीसँग आबद्ध संस्थाहरुको प्रत्यक्ष सहभागीता हुन्छ ।

४) हामीले दिएको सहयोग सम्बन्धित क्षेत्रमा वितरण गरिएको कसरी थाहा पाउने ?

यहाँहरुबाट प्राप्त सहयोग हामीले हाम्रो आधिकारिक वेव् साइट Help for nepalies तथा अन्य विभिन्न सञ्चार माध्यम मार्फत दैनिक रुपमा सार्वजनिक गर्नेछौं । यसैगरी नेपाल सरकारको जिल्ला प्रशासन कार्यालय, जिल्ला दैवि प्रकोप उद्दार समिति र नेपाल सरकारका सम्बन्धित निकायमा समेत विवरण पेश गर्नेछौं ।

५) Help for nepalies अभियानमा प्रवासी नेपालीले कसरी सहभागिता जनाउने ?

Help for nepalies अभियानमा प्रवासमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्न चाहेमा बैंक खाता मार्फत सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । यहाँहरुले www.helpfornepalies.com मा गएर पनि आफुले सहयोग गर्न चाहेको रकम भर्न सक्नुहुन्छ । अथवा, https://www.gofundme.com/gcyc4-help-nepal-flood-victims, esewsa.com तथा शुलभ मिडिया प्रा.लि.को ग्लोवल आइएमई बैंक लि. को बैंक खाता नं. ०४०१०१००००३९७ मा जम्मा गर्न सक्नुहुनेछ । यहाँहरुले पठाउनु भएको सहयोग हामी प्रत्येक दिन हाम्रा आधिकारीक वेभ्साइटबाट पलपलमा सार्वजनिक गर्नेछौं ।

अन्तमा, यतिबेला तराई मधेशका लाखौं जनता बाढीको प्रकोपबाट पिडित बनेका छन् । उनीहरुलाई गाँस बाँस र कपासको लागि यहाँहरुले गर्नुभएको सानोभन्दा सानो सहयोग महत्वपूर्ण हुन्छ । यो अभियान हिमाल पहाड र तराईका जनतालाई एकताबद्ध गराउन तथा सामाजिक रुपमा नजिक ल्याउन कोषे ढुङ्गा सावित हुने भएकोले सम्पूर्ण स्वदेश विदेशमा रहनुहुने आमाबुबा, दाजूभाई दिदी बहिनीहरुमा सहभागिताका लागि हार्दिक आह्वान गर्दछौं ।

विस्तृत जानकारीका लागि

www.makalukhabar.com, www.helpfornepalies.com
फोन नं. ०१–४७७०६१३, ९८५२०४९४७८, ९८५१२००९४३, ९८५१२१८११९, ९८५१२३९२५६, ९८५१०९०३६३, ९८०५३९७११७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *