बोल्ने समय नपाएको भन्दै सांसदहरुले विरोध गरेपछि…

साउन ३१, मकालु खबर । बोल्ने समय नपाएको भन्दै सांसदहरुले उभिएर विरोध गरेपछि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । विशेष समयमा बोल्ने सबै सांसदहरुले तराई मधेसका जिल्लामा आएको बाढी र डुबानका प्रभावितलाई राहत उपलब्ध गराउनुपर्ने, बाढी तथा डुबान नियन्त्रणका लागि पुर्व तयारी गर्नुपर्ने तथा सिमा नजिक भारतीय पक्षले बनाएको तटबन्ध र बाँध निर्माण लगायत कारणले उत्पन्न समस्या समाधानको बाटो सरकारबाट तत्काल खोजिनुपर्ने माग गरेका थिए ।

यसैबीच सोही विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्न लागेको एमालेले सो प्रस्ताव दर्ता गराउन नदिने उद्देश्यका साथ धमाधम सांसदहरुलाई बोल्न दिएको भन्दै आपत्ती जनाएपछि सभामुख ओनसरी घर्तीले विशेष समयको समय छोट्याएकी थिइन् । समय छोट्याए लगत्तै प्रभावित जिल्लाका सांसदहरुले बोल्न पाउनुपर्ने भन्दै उठेर विरोध गरेपछि सभामुख घर्तीले १५ मिनेटका लागि बैठक स्थगित गरेकी थिइन् ।

यता, एमालेले भने पुर्व सहमति अनुसार दलिय आधारमा मात्रै बोल्न दिने भनिएपनि धमाधम बोल्ने सांसदहरुको नाम थपिएको भन्दै आपत्ति जनाएको छ । बैठकमा समय लिएर बोलेका एमाले सांसद भीम रावलले जरुरी सार्वजनिक महत्वकै विषयमा प्रस्ताव पेश हुनु अगावै सोही विषयमा छलफल चलाएर आफुहरु माथि षडयन्त्र गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *