दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

साउन ३१, काठमाडौं । नेपालको पुँजी बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ । एक सय ६० कम्पनीको १६ लाख १५ हजार ७ सय ३८ कित्ता सेयर किनवेच भएकोमा मंगलबार बजार १२.९७ अंकले ओर्लिएको हो । योसँगै बजार १६२९.१६ अंकमा आइपुगेको छ ।

मंगलबार ७८ करोड ३६ लाख ७ हजार ४ सय ८ रुपैयाँको सेयर कारोवार भएको छ । आज होटल वाहेक सवै समूहको सूचक रातो भएका छन् ।

बैकिङ समूहको सूचक १०.८६ अंकले ओर्लिएको विकास बैंक समूहको सूचक १३.७४, जलविद्युत समूहको सूचक २४.४९, फाइनान्स समूहको सूचक ३.९६, बीमा समूहको सूचक ८८.७६, उत्पादनमुलक समूहको सूचक २८.३४ र अन्य समूहको सूचक ५.७९ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । होटल समूहको सूचक भने ३.२ अंकले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *