डा. के सी समर्थकमाथि प्रहरीको ज्यादती (भिडियो सहित)

साउन ३१, काठमाडौँ । विभिन्न माग राखी अनसनमा रहेका डा. गोविन्द केसीका प्रतितिनिधि र सरकारी टोलीबीच भएका औपचारिक, अनौपचारिक वार्ता निष्कर्ष विहीन भएका छन् । डा. केसीको अनसन लम्बिँदै जाँदा उनको समर्थनमा स्वतः स्फूर्त प्रदर्शन बढ्दै गएका छन् ।

लगातार संवादमा रहँदा पनि वार्ताबाट कुनै निष्कर्ष निस्किएको छैन । वार्ताका क्रममा दुवै पक्षले पाएको म्यान्डेटमा जतिसुकै प्रयास गरिए पनि कुनै निक्र्यौलमा पुग्न नसकिने निचोडमा वार्ताकार पुगेका छन् । सरकारी वार्ता टोली आवश्यक तयारी र म्यान्डेटका साथ प्रस्तुत हुन नसकेको आरोप केसी पक्षले लगाएको छ ।

यसबीचमा डा. केसीको समर्थनमा देशैभरि प्रदर्शन हुने क्रम बढेको छ । डा. केसीको पक्षमा देशैभरि जनसमर्थन उलिँदै जाँदा र उनको स्वास्थ्य नाजुक हुँदै जाँदा पनि उनका माग सम्बोधनको सुनिश्चितता कतैबाट हुन सेकेको छैन । ढिलोगरी वार्ता गर्न तत्पर सरकारी टोलीले वार्ता समिति बनाएकै भरमा अनसन समाप्त गर्न अनुरोध गरेको र आफूहरूलाई त्यो मान्य नभएको वार्तामा सहभागी केसीका प्रतिनिधिले बताउँदै आएका छन् ।

अधिकारै नदिएर सरकारले वार्ता समिति बनाएको उनको आरोप थियो । वार्ताको प्रगतिबारे कुनै आधिकारिक वक्तव्य सरकारी पक्षले दिएको छैन । डा. केसीको पक्षमा स्वतस्फूर्त सडक ¥यालीदेखि संसद् भवन घेराउसम्म भएका छन् । सामाजिक सञ्जाल र मिडियाबाट पनि केसीको सपोर्टमा ठुलो सङ्ख्या उत्रिएको छ । तर, सरकारी पक्ष र संसद् समेत यसबारे अझै गम्भीर छैन ।

https://youtu.be/89tFdEOXMJE”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *