मेन्स रुम रिलोडेडद्वारा स्याङ्जाको विधालयमा शैक्षिक सामग्री वितरण

साउन ३१, मकालु खबर । मेन्स रुम रिलोडेडको‌ अायोजनामा स्याङ्जा जिल्लाको अाधिखोला गाउँपालिका ५ बास्कोटमा‌ रहेको श्री बास्कोट अाधारभुत विधालयमा एक कार्यक्रमका विच शैक्षिक सामग्री वितरण गरिएको छ । नर्सरी देखि कक्षा ५ सम्मका ४२ जना दलित तथा गरिब विधार्थीहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको हो ।
शैक्षिक सामग्री वितरण गर्दै मेन्स रुम रिलोडेडका (एमअारअार) पोखरा प्रतिनिधि सुवाष शर्माले सामाजिक सञ्जाल मार्फत युवाहरुलाई एकिकृत गराई सामाजिक कार्यमा हात अघि बढाएका थिए । ‘सामाजिक कार्य गर्नु नै मानवता हो ’ उनले भने ।
शिक्षाको क्षेत्रबाट कुनै पनि बालबालिकालाई वञ्चित नगराई शिक्षाको क्षेत्रमा ईट्टा थप्ने काम एमआरआरले गर्ने र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई प्राथमिकता दिई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही क्रममा बास्कोट‌ अाधारभुत विधालय‌का प्रधानध्यापक निलकण्ठ तिमिल्सिनाले, युवाहरुको यस्तो सामाजिक कार्यबाट बालबालिकालाई सहयोगका साथै भविष्यमा यिनै बालबालिका‌ पनि सामाजिक कार्यमा ‌प्रेरित‌ हुने बताउदै अागामी दिनमा यस्ता सहयोगहरु‌‌ विधालयलाई गर्न अाग्रह गरे ।
कार्यक्रममा मेन्स रुम रिलोडेडका सक्रिय सदस्य अविनाश पौडेलले मेन्स रुम रिलोडेड‌ बारे‌ जानकारी र साउन १० गते भएको चलचित्र प्रेम गित‌ २ को च्यारिटी शोबाट बचेको रकमबाट सहयोग गरिएको बारे प्रष्ट ‌पार्दै आफ्नो भनार्इ राखेका थिए । श्री बास्कोट अाधारभुत विधालयका व्यवस्थापन समितिका अध्यक्ष कमलापति तिमिल्सिनाको‌ सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सोही विधालयका शिक्षक बल बहादुर थापाले राखेका‌ थिए । भने, कार्यक्रमक‌ो सन्चालन सोही विधालयका शिक्षक ध्रुव ढकालले गरेका‌ थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *