धरानमा माओवादी केन्द्रको घरदैलो कार्यक्रम


धरान, जेठ–१४ । नेकपा माओवादी केन्द्र धरान उ.म.न.पा.का मेयर पदको उम्मेदवार आईन्द्र विक्रम बेघाको नेतृत्वमा घरदैलो भेटघाट कार्यक्रमले तीव्रता दिएको छ ।
घरदैलो अभियानको संयोजक उमीता बराईलीले जेष्ठ १ गते ६ नं. वडा, ३ र ४ गते १५ नं. वडा, ५ गते ७, ७ र ८ गते ८ नं. वडा, ९ गते १० नं. वडा, १० गते १९ नं. वडा र ११ गते ९ र १२ नं. वडामो घरदैलो भेटघाट कार्यक्रम सम्पन्न भएको जानकारी दिइन् ।
उता नेकपा (माओवादी केन्द) ले ईनरुवा नगरपालिका वडा नं. ९ मा बिहीबार जनसभा सम्पन्न गरेको छ । पोलिट व्यूरो सदस्य तथा इनरुवा नगर निर्वाचन परिचालन समितिको संयोजक योगेन्द्र मण्डलको प्रमुख आतिथ्यता र ९ नं. वडाका अध्यक्ष पदका उम्मेदवार जुम्राती खाँको सभापत्तित्वमा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला नेता सुरेन्द्र कट्टुवाल, ओके दाहाल लगायतको उपस्थिति रहेको थियो । निर्वाचन मिति घोषणासँगै सुनसरीको दक्षिण क्षेत्रमा माओवादी केन्द्रको चुनावी प्रचार–प्रसार व्यापक ढङ्गले भइरहेको छ । इनरुवा, भोक्राहा र कोसी पालिकामा ६४ र ७० को संविधानसभाको निर्वाचन माओवादीको कमजोर उपस्थिति रहेको भएतापनि यो पटक माओवादीले जित्ने आधार तयार गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =