सोमबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, साउन ३० । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको भाउमा पनि ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *