पाथिभरा गोल्डकपको उपाधिचर्च व्वाईज काठमाडौलाई

ताप्लेजुङ, साउन ३० । ताप्लेजुङमा आज सम्पन्न पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिचर्च व्वाईज क्लब काठमाडौले जितेको छ । सदरमुकाम स्थित भानुजनमाविको खेल मैदानमाभएको फाईनल खेलमा सगरमाथा युवाक्लव विराटचोक मोरङलाई ३–० गोल अन्तरले पराजितगर्दै उपाधि माथि कब्जा जमाएको हो ।

चर्च व्वाईजलाई विजयी गराउनजाङ्बु शेर्पा, राजपौडेल र राजकुमार कन्दङ्वाले एक÷एकगोल गरेकाथिए । खेलको पहिलो हाफमाजाङ्बु शेर्पाको गोलले अग्रतालिएको काठमाडौले खेलको पुर्ण समय मोरङलाई दबाबमा राखेको थियो । खेलमागोल गर्नेे धेरै मौका पाएपनि मोरङ्का खेलाडिले अवसर गुमाएका थिए । दोस्रो हाफमाचर्च व्वाईजका राजपौडेल र राजकुमार कन्दङवाले लगातार दुई गोल गरे पछि मोरङ उप–विजेतामा चित्तबुझाउन बाध्यभएको छ । खेलको म्यान अफ दिम्याच भने सगरमाथा युवाक्लव विराटचौक मोरङका मनोज राई भएका छन् । विजेता चर्च व्वाईज क्लब काठमाडौले २ लाख ११ हजार १ सय ११ र उपविजेतामोरङले १ लाख ११हजार १ सय ११ रुपैँयाप्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *