एक महिनाको पारिश्रमिक बाढी पहिरो पिडितलाईदिने राजपा सांसदको घोषणा

काठमाडौं, साउन ३० । राजपा नेपालका सांसदहरुले एक महिनाको पारिश्रमिक तराई मधेसका बाढी पीडितलाई दिने घोषणा गरेका छन् । आज बसेका राजपा सांसदहरुको बैठकले एक महिनाको तलबदिने निर्णय गरेको हो ।

सांसदहरुले एउटा कोष खडा गरेर एक महिनाको पारिश्रमिक जम्मागर्ने तथाअरु सुभेच्छुकसँग संकलन गरेर पनि पीडितको लागि राहत रकम जम्मागर्ने निर्णय गरेका छन् । बैठकले बाढी पीडितको राहततथा उद्दारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भोली ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको वाढीले तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएपछि राजपाले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *