हङकङ विरुद्धको खेलका लागि २५ खेलाडी छनोट (सुची सहित)


“
साउन ३०, मकालु खबर । आइसिसी विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २५ जना खेलाडी बेलाइएको छ । नपाल र घरेलु टोली हङकङबीच अक्टुबर १३ र १५ मा एक दिवसीय प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको दुई सदस्यीय टोलीले खेलाडीको छनोट गरेको हो । गत वर्षका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको बताइएको छ । विश्व कप छनोटका लागि खुड्किलोको रुपमा रहेको डब्लूसिएलमा नेपाल ८ अंक सहित छैटौं स्थानमा छ । भने, ११ अंक सहित हङकङ चौथो स्थानमा छ । नेपालले १० खेलमा ४ खेलमा जित दर्ता गरेको थियो भने ६ खेलमा हार बेहोरेको थियो ।
बन्द प्रशिक्षमा छनोट भएका खेलाडीहरू
१. पारस खड्का (कप्तान) २. ज्ञानेन्द मल्ल
३. शरद भेषावकर ४. शुसिल कडेल
५. शक्ति गौचन ६. नरेश बुढाएर
७. अभिनाश कर्ण ८. ललितसिंह भण्डारी
९. सन्दीप लामिछाने १०. विक्रम शोव
११. महबुब आलम १२. सौरव खनाल
१३. जितेन्द्र मुखिया १४. कुशल भुर्तेल
१५. दीलिप नाथ १६. आरिफ शेख
१७. हासिम अंसारी १८. सुसन भारी
१९.सागर पुन २०. दीपेन्द्र सिंह ऐरी
२१. सुनिल धमला २२. बसन्त रेग्मी
२३. करन केसी २४. विनोद भण्डारी
२५. सोमपाल कामी
“
