रेष्टुरेन्टमा बन्दुकधारीको हमला, १७ को मृत्यु

बुर्किनाफासो, ३० साउन । बुर्किनाफासोको एक रेष्टुरेन्टमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा पनि १७ जनाको हत्या गरेको समाचार छ । आइतबार साँझ सो घटना भएको थियो । उक्त हमलामा परी अरु आठ जना नराम्ररी घाइते भएका बताइएको छ । बुर्किनाफासोको सरकारले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो ।

आइतबार राति स्थानीय समयअनुसार ९ बजे एनकार एभिन्युमा रहेको रेष्टुरेन्टमा बन्दुकधारीले हमला गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त क्षेत्रलाई प्रहरीले नियन्त्रण गरी आक्रमणकारीको खोजी गरेको थियो । तर , आक्रमणकारीको अवस्थाको बारेमा भने प्रहरीले केही बताएको छैन ।


सो क्षेत्रका नागरिकलाई बाहिर ननिस्कन र शान्तिपूर्ण रुपमा रहन प्रहरीले आग्रह गरेको छ । आक्रमणमा संलग्नको पहिचान पनि नखुलेको बताइएको छ । सो नगरमा सन् २०१६ को जनवरीमा पनि यस्तै आतङ्ककारी हमला भएको थियो । सो हमलामा परी ३० जनाको ज्यान गएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *