बाढी, पहिरो, डुबानका कारण भएको क्षति प्रति मन्त्रालयद्वारा दुख: व्यक्त

२०७४ जेठ १५ गते

“
साउन ३०, मकालु खबर । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले बाढी, पहिरो, डुबानका कारण भएको मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुख: व्यक्त गरेको छ । मन्त्रालयले बाढी तथा पहिरोबाट मृत्यु भएका प्रति समबेदना प्रकट गर्दै घाइते तथा प्रभावित नागरिकमा धैर्य धारणा कायम राख्न आग्रह गरेको छ ।
बाढी, पहिरो तथा डुबानका कारण सबैभन्दा बढी महिला, बालबालिका, शारीरिक रुपमा कमजोर भएका व्यक्ती तथा जेष्ठ नागरिक भएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले विपत्तीको मारमा परेका सबै वर्ग एवम् समुदायलाई विशेष सम्वेदनशिल बन्न तथा विपत्तीपछि देखा पर्ने आर्थिक, सामाजिक, स्वास्थ्य लगायतका संकटमा सहयोग गर्न सबै नागरिक एवम् राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा अनुरोध समेत गरेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित