‘माओवादीसँग एकता हुन सक्दैन भनेर कहिले भन्यौ ?’

साउन ३०, मकालु खबर । उहाँको (बाबुराम भट्टराईको) व्यक्तित्व र हाइट हाम्रो भन्दा विशिष्ट भएकाले हामीले उहाँलाई पहलकदमी लिएर अघि बढ्न भनिरहेका छौँ । उहाँले पनि यसबारेमा सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ । यसबारेमा अहिले छलफल चलिरहेको छ । उहाँले हामीले उठाएका कुरामा गम्भीर भएको छु भन्नु भएको छ ।

कमी कमजोरी र अपुगता सबैमा हुन्छ । नयाँ शक्ति त्यसको अपवाद हुन सक्दैन । यसका पनि आफ्नै कमी कमजोरीहरू छन् । त्यस्ता, अपूर्णता र कमजोरीलाई कार्यदिशामार्फत् सम्बृद्ध बनाउनुपर्छ भन्ने म लगायत साथीहरूको मत हो ।

हामी अहिले माओवादीसँग हातेमालो गरेर हिँड्नेभन्दा पनि कसरी अघि बढ्ने भन्नेबारे छलफलमा छौँ । छलफल जारी रहेकाले यसबारे कुनै टुंगो लागिसकेको छैन । पार्टी विशेषसँग मात्रै नभएर परिवर्तनकारी शक्तिसँग बृहत् ध्रुवीकरण गरेर अघि बढ्नुपर्छ भन्नेमा छ । अहिले बजारमा हाम्राबारे गरिएका हल्ला मात्रै हो । भूपी शेरचनले भनेका छन् ‘यो देश हल्लै हल्लाको देश हो ।’ त्यसैले अनुमानको आधारमा टिप्पणी गर्न चाहन्न । बाबुराम, प्रचण्ड, किरणका साथसाथै सङ्घीय समाजवादीका उपेन्द्रलगायतका नेताले परिवर्तनका लागि लडे । हामीले यी शक्तिहरुबीच कहीँ न कहीँ ध्रुवीकरण हुनुपर्छ भनेर भनिरहेका छौँ । सङ्घीय समाजवादी फोरम, जनजाति, र परिवर्तनमा सहभागी मधेसी दल । यी सबै दलहरू एक हुन छाँडेर आ–आफ्नै डम्फु बजाइरहेका छन् । परिवर्तनकारी शक्ति गोलबद्ध भएर अघि नबढ्दा परिवर्तन विरोधीहरुले देशमा रजगज बढेको छ ।

हामीले कहीँ कतै पनि पार्टी प्रवेशको कुरा उठाएका छैनौँ । हामीले त परिवर्तनकारी शक्तिबीच ध्रुवीकरण हुनुपर्छ भन्ने कुरा मात्रै उठाएका हौँ । अलग्गै समूह लिएर यताबाट तत्कालै अर्काे पार्टीमा जाने सम्भालिएर यताबाट तत्कालै अर्काे पार्टीमा जाने सम्भावना छैन । यसमा हामीमाथि कुनै शङ्का नगर्न म सबैलाई आग्रह गर्न चाहन्छु । तर, माओवादीहरुसँग हाम्रो पार्टीको एकता हुने सम्भावना छँदै छैन भन्ने छैन । हामीले माओवादीसँग एकता हुन सक्दैन भनेर न हिजो पनि भनेका थियौँ न आज भनिरहेका छौँ । मात्रै सवाल के हो भने उहाँहरूको आफ्नै शैली छ । पहिले त्यो शैली बद्लिनुपर्छ । शैली बदल्ने, नाम र झन्डा परिवर्तन गर्ने हो भने माओवदीसँग एकता हुन सक्छ ।

                                                                                                   साँघु साप्ताहिकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *