दिपेन्द्रकाे उत्कृष्ट व्याटिङमा नेपालले बनायाे १८५ रन

कार्तिक २६, काठमाडौँ । एसिसी यु–१९ एसिया कपमा नेपालले भारतलाई १ सय ८६ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो ।

नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रन जोडे । उनले १०१ बलको सामना गर्दै ६ चौका र २ छक्का हिर्काए । ओपनर जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । उनले ९५ बलमा ३ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेखले ३ रन मात्र जोड्न सके ।

अनिलकुमार साह ६ रनमा आउट हुँदा रोहितकुमार पौडेल ६ रनमै पेभेलियन फर्किए । भीम सार्कीले २२ बलमा २ चौका र १ छक्काकाे मदतमा १५ रनले हिर्काए । पवन सर्राफ १ रनमै पेभेलियन फर्के । कमलसिंह ऐरी १७ बलमा ५ रन जोडेर आउट भए ।

त्यस्तै, सन्दीप लामिछानेले नटअाउट ९ र किशोर महतोले नटआउट ७ रन जोडेका थिए । बलिङतर्फ भारतका आदित्य ठाक्रे र अभिषेक शर्माले २–२ विकेट लिए । मन्दिप सिंह, विवेकानन्द तिवारी, शिव सिंह र अर्थव टइडेले १–१ विकेट हात पारे ।

यसअघि शनिवार भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । नेपाललाई बङ्गलादेशले २ विकेटले पराजित गरेकाे थियो । एसिया कप अन्तर्गत भारतले पहिलो खेलमा मलेसियालाई हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मङ्गलवार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =