इराकमा आइएसद्धारा २ सय ३१ सर्वसाधारणको हत्या

इराक । इराकको मोसुलमा गएको दुई साता भित्रमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले दुई सय ३१ जना सर्वसाधारण नागरिकको हत्या गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । मोसुलमा अहिले इराकी सेनाले आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ ।

 

पछिल्लो दुई सातामा मोसुलमा आइएसले हत्या गरेका दुई सय ३१ सर्वसाधारण मध्ये कम्तिमा दुई सय चार जनालाई सरकारी सेनासँगको भिडन्तको क्रममा गएको बिहीबार र शनिबार आइएसले गोली हानेको राष्ट्रसंघको दावी छ । सर्वसाधारण नागरिकको हत्या गर्ने क्रम बढ्दै गएको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । इराकी सेनाले अरु सहयोगी लडाकुको साथमा गएको अक्टोबरदेखि मोसुलमा आइएस विरुद्ध कारवाही अभियान चलाइरहेको छ ।

पछिल्लो समय आइएसले सेनासँगको संघर्षको क्रममा सर्वसाधारण नागरिकलाई ढालको रुपमा प्रयोग गर्ने गरेको छ । मोसुलको पुरानो शहरमा अहिले एक हजार भन्दा कम आइएसका लडाकु रहेको सरकारी पक्षको दाबी छ । त्यसक्षेत्रमा एक लाख भन्दा बढी नागरिकको बसोबास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =