एन.आइ.सी बैंकको दुइ स्थानमा शाखा कार्यालको समुद्घाटन सम्पन्न
२०७४ जेठ १५ गते

काठमाडौँ, माघ २६ । एन.आइ.सी एसिया बैंकले दुई स्थानमा शाखा कार्यालयको समुद्घाटन गर्न सफल भएको छ ।
बझाङ्को चैनपुर जय पृथ्वी नगरपालिका वडा नम्बर–१० र धादिङ्को धादिङेबेसी निलकण्ठ नगरपालिका वडा नम्बर–३ मा बैंकले आफ्नो शाखा कार्यालयको समुद्घाटन गर्न सफल भएको छ ।

आज शुक्रबार २६ गते जय पृथ्वी नगरपालिका मेयर धीरेन्द्र बहादुर खड्का र निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसादले बैंकको शाखा कार्यालयको समुद्घाटन गर्नभयो ।
यी दुई जिल्लामा बैंकले शाखा कार्यालय समुद्घान गरेसँगै बैंकको देशभर शाखा कार्यालयको संख्या एक सय ७० पुगेको छ । हाल बैंकले एक सय ६८ एटिएम एंव चार एक्सटेन्सन काउण्टरबाट ग्राहक वर्गहरुलाई सेवा उपलब्ध गराउँदै आएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








