बाढी पहिरोको सूचना आदानप्रदान गर्न नेपाल टेलिकमको ‘फ्रि’ एसएमएस सेवा

काठमाडौँ ,साउन २९ । नेपाल टेलिकमले अविरल वर्षासँगै विभिन्न ठाउँमा बाढी–पहिरोको उद्धारका लागि सूचना आदानप्रदान गर्न सहज वातारण सिर्जना गर्न आइतबारदेखि निःशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ ।

बाढी र पहिरोमा परेर अहिलेसम्म ४९ जनाको ज्यान गइसकेको छ भने सयौँको सङ्ख्यामा घाइते भएका छन् । आज सञ्चार मन्त्री मोहनबहादुर बस्नेले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज गर्नका लािग यो निर्णय गरिएको जानकारी गराए ।

उता,टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निःशुल्क गर्ने निर्णय कार्यन्वयन गरिसकेको छ । यो सुविधा नेपाल टेलिकमका सबै मोबाइल प्रयोगकर्ताले आजै साँझबाट प्रयोग गर्न पाउने भएका छन् । यो सुविधा साउन ३१ गतेसम्म रहने टेलिकमले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *