‘४० प्रतिशत केन्द्रीय सदस्य पुर्याएर देखाओस् अहिले नै मेरो कान काट्छु’

काठमाडौँ,साउन २९ । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोमा परि सयौँले ज्यान गुमाउँनुपरेको छ । तर, राजनीतिक दलहरू पार्टी विवादमा परेर निर्वाचन आयोग पुगेका छन् । यसरी निर्वाचन आयोग पुग्ने व्यक्ति हुन्, राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष बनेका पशुपति शम्शेर राणा । राणाले आफूसँग ४० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य र सांसद रहेको भन्दै आज आइतबार निर्वाचन आयोग पुगेका हुन् ।

निर्वाचन आयोगभित्र छिरेसँगै राणाले आफूसँग अध्यक्ष थापाजतिकै केन्द्रीय सदस्य रहेको बताउँदै निर्वाचन अयोगसँग सांसद सनाखतका लागि समय १० दिन थप्न माग गरेका हुन् ।

निर्वाचन आयोगले आइतबार ५ बजेभित्रमा नयाँ दलका लागि सांसद तथा केन्द्रीय सदस्यहरूको सक्कल नागरिकतासहित उपस्थित भएर ४० प्रतिशत देखाउन पत्रचार गरेको थियो । यससँगै अध्यक्ष राणासहितका केही टोली निर्वाचन कार्यलय पुगेर थप दश दिनको समय माग गरेका थिए । दश दिनको समय दिनुस् । ४० प्रतिशत सांसदहरु निर्वाचन आयोगमै लिएर आउँछु । मात्रै दश दिनको समय दिनुस् । उनको भनाई उदृत गर्दै स्रोतले बतायो ।

तर, संस्थापन पक्षले राणासँग ४० प्रतिशत सांसद नरहेको बताउँदै ती सबै केन्द्रियहरु नक्क्ली हस्ताक्षरधारी रहेको प्रमाण आफूहरुसँग रहेको दाबी गरेको छ । राप्रपाका एक नेताले भने,‘बर्षाै समय दिँदा पनि ४० प्रतिशत सांसद पुर्याउँदैन । यदि पुर्याएर देखाए अहिले नै  मेरो कान काँढ्छु ।’

यता, राणा समूहले भने दश दिनमा नियममा मात्रै ४० प्रतिशत सांसद देखाउने बताएको छ । तर, साँच्चिकै भन्ने हो आफूसँग ५१ प्रतिशत भन्दा बढी केन्द्रिय सदस्यहरु भएको बताएको छ ।  ‘साँच्च्किै भन्ने हो भने हामीसँग ५१ प्रतिशत सांसदहरु छन् ।’राण पक्षका एक नेताले भने । राण पक्ष कि कमल पक्ष हो भनी ठम्याउन नसकिने विक्रम पाण्डे केही दिन यता राणासँगै लहसिएका छन् । उनले जम्बो टोली नै लिएर राणा समूहभित्र छिरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *