दुई महिनापछि महान्यायाधिवक्ता श्रेष्ठले राजिनामा बुझाए

काठमाडौं,साउन २९ । प्रधानमन्त्रीले राजिनामा दिएसँगै महान्यायाधिवक्ताले पनि राजिना दिनुपर्ने हुन्छ । तर, देउवा सरकार बनेको लगभग दुई महिनापछि महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले श्रेष्ठलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । तर,प्रचण्डले राजीनामा दिएपछि पनि महिनौ दिनसम्म श्रेष्ठ पदमै बसिरहेका थिए ।

आज आइतबार प्रधानमन्त्री देउवासँग परामर्श लिएर उनले राजिना दिएका हुन् । तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्कीमाथि सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले महाभियोग दर्ता गराउँदा श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यससँगै केही दिनका लागि प्रधानन्यायाधीश कार्कीले विश्राम लिनु परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *