बिराटनगर महानगरका बाढी पीडितले पानी पिउन पाएनन्,दुई हजार भन्दा बढी घर डुवानमा

२०७४ जेठ १५ गते

“
मोरङ, साउन २९ । विराटनगर महानगरपालिका अहिले पूरै जलमग्न छ । निरन्तर बर्षा भइरहेको छ । बर्षा रोकिने कुनै संकेत छैन । अहिलेसम्म १ हजार ३ सय घर डुबानमा परेको छ । भने जिल्लाभर २ हजार ३ सय भन्दा बढी घरहरु डुबानमा परेका छन् ।
सुरक्षाकर्मीहरुबाट चार हजार भन्दा बढी पीडितहरुको उद्धार गरिएको छ । घर डुवानमा परेपछि पीडितहरुले अन्न त के पानीसमेत पिउन पाएका छैनन । बाढी र डुवानका कारण खानेपानीका पाइपहरु चुडिएका छन् भने खानेपानी आपूर्ति नै बन्द छ । त्यस्तै, विद्युत आपूर्ति समेत अवरुद्ध छ । इन्टरनेट तथा फोन सेवा अबरुद्ध छ ।
बिराटनगर बिमानस्थलको रुप हेरिसक्नु छैन । बिमानस्थलसँगै बिराटनगर अस्पतालको पनि हालत उहीँ छ । बिरामीहरुको उपचार हुन सकेका छैन । बाढीका कारण बिरामीहरु थप मर्कामा परेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित