लालबकैया नदीको तटबन्ध भत्किएपछि…

२०७४ जेठ १५ गते

“
साउन २९, रौतहट । लालबकैया नदीको बहाव उच्चबिन्दुमा पुगेपछि करुनिया र देवाहीसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको सखुअवामा समेत बाढीले १० मिटर सडक कटान गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
शनिबार बाँध भत्किएपछि आएको बाढी देवाही वडा नंं ८ को एक घरमा २०० जना भन्दा बढी स्थानीयलाई अझैसम्म पनि उद्धार गर्न सकिएको छैन । उनीहरुलाई सुरक्षित स्थानमा लैजान अप्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।
यस्तै, परोहा गाउँपालिका स्थित करुनिया गाउँ नजिक रहेको लाल बकैया नदीको पूर्वी बाँध आज दिउसो भत्किदा त्यस भेगको अवस्था पनि कष्टकर बनेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित