दीपकराजद्वारा बाढी पहिरो पिडीतका लागि १ लाखको सहयोग घोषणा

साउन २९,  काठमाडौं । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण  देशभर हजारौं नागरिक प्रभावित भएका छन् । उद्धार र राहत वितरण कार्यमा सरकार प्रयत्नरत छ ।

त्यस्तै, निजी क्षेत्रबाट पनि खाद्यान्न तथा लत्ताकपडा जुटाउने कार्य भइरहेको छ । त्यसै क्रममा चर्चित हाँस्य कलाकार दीपकराज गिरीले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले फेसबुक मार्फत सहयोगको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘यो पीडालाई आफ्नै पीडा सम्झौँ, व्यक्तिगत रुपमा रु १ लाख सहयोगको घोषणा गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *