डा. केसीका माग सम्बोधन गर्न त्रिविमा बैठक जारी

साउन २९, काठमाडौँ । अनशनरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) सिनेट बैठक बसेको छ । त्रिवि कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा सिनेट बैठक बोलाएका हुन् । बैठकमा आइओएमको स्वायत्तताका विषयमा छलफल भइरहेको छ ।

त्रिवि उपकुलपति तीर्थ खनियाले अघिल्लो सिनेट बैठकबाट चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का अधिकांश अधिकार खोसी त्रिविमा निहित बनाउने निर्णय गराएका थिए । त्रिविले आइओएमबाट मेडकिल कलेजको सम्बन्धन, शुल्क निर्धारण, कलेज अनुगमन र कोटा तोक्ने अधिकार पनि खोसेको थियो । प्रधानमन्त्री देउवा डा. केसीका माग शतप्रतिशत पूरा गरेर भए पनि अनशन तोडाउने पक्षमा देखिएका छन् ।

प्रधानमन्त्री देउवा काठमाडौँ उपत्यकामा थप मेडिकल कलेज आउने गरी संसदीय समितिबाट पारित भएको चिकित्सा शिक्षा विधेयक संशोधन गरी कलेज थपिने बाटो रोक्न समेत सकारात्मक देखिएका छन् । प्रधानमन्त्री देउवाले मनमोहन मेडिकल कलेज भने सरकारले किनेर भए पनि डा. केसीका माग सम्बोधन गर्न शुक्रबार निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *