रोबिन्सनद्वारा एउटै ओभरको ६ बलमा ६ विकेट


“
एजेन्सी । लुक रोबिन्सन नामक १३ वर्षिय बलर अहिले विश्व क्रिकेट जगतमा चर्चाका विषय बनेका छन् । इंग्ल्याण्डको फिलाडेल्फिया क्रिकेट क्लबका यु-१३ खेलाडी रोबिन्सनले एउटै ओभरको ६ वटै बलमा ६ विकेट लिए त्यसमाथि सबै बोल्ड आउट गरेपछि अन्तर्राष्ट्रिय मिडियाहरुमा फुच्चे बलर छाएका हुन् l
आफ्नो टिमलाई खेल जिताउने क्रममा मात्र १ रन खर्चेर ६ विकेट लिंदै तहल्का मचाएका यी बलरको खेल हेर्न मैदानमा उनको परिवारनै उपस्थित थियो । रोचक कुरा के छ भने लुकको बुवा ४५ बर्षिय स्टेफेननै उक्त खेलमा अम्पायरको भूमिकामा बलिंग इन्डमै थिए र छोराको अद्भुत उपलब्धि सबैभन्दा अगाडिबाट निकाल्ने मौका पाए । त्यति मात्रै कहाँ हो र ? उनको सानो भाई १० वर्षिय म्याथु एउटै टिममा फिल्डिंग गर्दै थिए । भने, ६ बलमा ६ विकेट लिएको रेकर्ड दर्ता गर्ने अरु कोहि थिएन, लुककै आमा हेलेन स्कोररको भूमिकामा थिईन् l
“२ ओभर बलिंग गरिसके पनि उनले विकेट लिएका थिएनन् त्यसैले उनले बलिंग परिवर्तन गर्न भनेका थिए”
“तर मैले बलिंग जारी गर्न आग्रह गरे, त्यसपछि जे भयो त्यो परिपूर्ण थियो”
“१०/१ को स्थितिमा ल्यांगले पार्क टिम राम्रो अवस्थामानै थियो तर लुकको ओभरपछि मात्र १८ रनमै समेटिन पुग्यो”
‘ह्याट-ट्रिक बल गर्दा र छैठौं बल गर्दा उनि आतिएका थिए, बलिंग गर्न दगुरेपछि रोकिएका थिए र पुनः आफ्नो रनअप चिन्हमा फर्किंदै आफुलाई सम्हालेका थिए” बाबु स्टेफेनले बर्णन गरे ।
समाचार श्रोत :-
Firstpost.com , Cricket.com.au, sunderlandecho.com
“
